बिर्तामोड , माघ २३ । सारेगामाप लिटल च्याम्प्स नेपाल पहिलो सिजनको विजेता बिर्तामोडकी कृपा पौडेल भएकी छन्।
![](https://pratidindaily.com/wp-content/uploads/2022/02/273044220_1827214657462343_8766431069191140154_n.jpg)
आइतबार बिहान २ बजे घोषणा भएको प्रतियोगितामा उनी दर्शक र श्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।
प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभमा पर्न सफल भए ।