झापा, माघ २३ । झापा दमक नगरपालिका–१ डाँडागाउँ एकता टोलका २६ बर्षीय प्रकाश सिटौलालाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
हिजो बेलुका साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको घर कोठाबाट NITRAVET- ७५ ट्याब्लेट र ESKUF 100mlको ७ बोतल फेला पारेको थियो । पक्राउ परेका सिटौलालाई ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।