बिर्तामोड , माघ २३ । बिर्तामोड नगरपालिका वडा नं.९ र १० बिराटपोखरमा अवस्थित मनकामना किर्तन मण्डलीले आफ्नो १६औँ बार्षिक उत्सव तथा साधारणसभा सरस्वती पूजाको दिन पारेर सम्पन्न गरेको छ ।

साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । पुरानो कार्यसमितिलाई भंग गरी नयाँ कार्यसमिति चयन गरिएको मण्डलीका सदस्य टेकेन्द्र थापाले जानकारी दिए । उनका अनुसार नैनकला थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति र ३ सदस्यीय सल्लाहकार समिति चयन गरिएको हो ।

कार्यक्रममा झापा जिल्ला स्वतन्त्र पत्रकार संघका निवर्तमान अध्यक्ष रत्नबहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । किर्तन मण्डलीका अध्यक्ष युवराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनकामना काली मन्दिर तथा सत्संग भवन समितिका अध्यक्ष ध्रुबप्रसाद शिवाकोटी, सोही समितिका महासचिव हरिप्रसाद सिटौलाको आतिथ्य रहेको थियो ।

त्यस अवसरमा मनकामना किर्तन मण्डलीलाई सहयोग पु¥याउने दाताहरु टेकेन्द्र थापा, यानबहादुर थापा, डिल्लीराम पाठक, मण्डलीका जेष्ठ नागरिकहरु पदमप्रसाद सुवेदी, सम्पतलाल राजवंशी, निमकुमारी पाठक र तुलसादेवी बाँस्कोटालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि बस्नेत , अतिथि धु्रबप्रसाद शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए । मण्डलीका सचिव नबिन सेडाईले स्वागत मन्तब्य राखेको कार्यक्रममा आर्थिक प्रतिबेदन कोषाध्यक्ष रामप्रसाद खनालले प्रस्तुत गरेका थिए भने कार्यक्रमको संचालन मण्डलीका सहसचिव मिलन मगरले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्