कनकाई, माघ २४ । झापाको कनकाई ५ स्थित देवकोटा प्राथमिक विद्यालयमा दाताबाट निर्माण गरिएको सरस्वतीको मन्दिरको उद्घाटन गरिएको छ ।

विद्यालय परिसरमा स्व.जन्मजय उप्रेतीको परिवारका तर्फबाट शिक्षासेवी पारस उप्रेती र यादव उप्रेतीले निर्माण गरिदिएको मन्दिर कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले उद्घाटन गरेका हुन् । सरस्वती पूजाको अवसर पारेर विद्यालय परिसरमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सरस्वतीको मन्दिर उद्घाटन गर्दै नगर प्रमुख पोखरेलले दाता परिवारलाई धन्यवाद दिएका छन् ।

कक्षा नर्सरीदेखि पाँचसम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा हाल १ सय २० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक उमानाथ तिम्सिनाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद ओझाको सभापतित्व एवम् नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाई, वडा नं.५ का वडाध्यक्ष कृष्णबहादुर राई, नेपाली काँग्रेस कनकाई नगर सभापति दुर्गा प्रसाईँ, समाजसेवीहरु शेरबहादुर थापा, खगेश्वर उप्रेती, रमेशचन्द्र दाहाल, कुमारमणि पोखरेल, लिलाप्रसाद चिमरिया, शिव कँडेल, रुपनारायण खतिवडालगायतको उपस्थिति रहेको थियो । विद्यालयका शिक्षक मोतिबहादुर वुढाथोकीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन प्रधानाध्यापक तिम्सिनाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्