झापा , माघ २४ । संखुवासभाको खाँदवारी नगरपालिका­९ मा आज बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

आज बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्