झापा , माघ २४ । मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागूऔषधसहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ ।

आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी-१ सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको कार हराएको भनि ईलाका प्रहरी कार्यालय बेलबारीमा हुलिया निबेदन दिएकोमा खोजतलास गर्ने क्रममा सोही दिन दिउँसो सुन्दरहरैचा नगरपालिका-७ विश्वकर्मा मन्दिरबाट उक्त कार फेला परेको थियो । कार फेला परे संगै उक्त कारमा रहेका बेलबारी नगरपालिका-३ का ३६ बर्षीय सुरज गुरुङ , केरावारी -१० का २५ बर्षीय तेजकुमार मगर र केराबारी-७ का २६ बर्षीय नगेन्द्र लिम्बुलाई नियन्त्रणमा लिई उक्त कार चेकजाँच गर्ने क्रममा लागूऔषध Diazepam ११ एम्पुल , Avil ९ एम्पुल , Phenergan १० एम्पुल , र lupigesic १० एम्पुल गरि जम्मा ४० एम्पुल बरामद भएको थियो । लागूऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान कार्य भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्