झापा , माघ २४ । झापा अर्जुनधाराका अर्का कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्जुनधारा ९ की ४५ वर्षिया महिला रहेकी छन् । उनको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि गत शुक्रबार अर्जुनधारा नगरपालिका ४ का ७५ वर्षिय बृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोरोना संक्रमण दर घटेपनि झापामा संक्रमितहरुको मृत्यु दर घटेको छैन । झापामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६९ पुगेको छ ।

यसैबीच सोमबार झापामा ८ महिला र १३ पुरुष गरी २१ जना नयाँ संक्रमित थपिएका छन् । सोमबारसम्म जिल्लामा १३०२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये १८ जना अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चांैलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्