झापा , माघ २५ । पौडि खेल्ने क्रममा बेपता भएका उदयपुर कटारी नगरपालिका ४ का २७ बर्षीय रबिन तामाङको हिजो बेलुका ३ बजे शब फेला परेको छ ।

तामाङ गत माघ १५ गते सिन्धुली फिक्कल गाउँपालिका-४ खांसाङमा सुनकोशी नदिमा पौडि खेल्ने क्रममा बेपत्ता भएका थिए । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट अन्दाजी १६ कि.मि.दक्षिण उदयपुर कटारी नगरपालिका-१४ सुनकोशी नदीको किनारमा तामाङको लाश फेला परेको छ । कानुनि प्रकृयाको लागी ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटि गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।