झापा , माघ २५ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित वृद्धाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार ताप्लेजुङ, याङवारक १ की ६५ वर्षीय कोरोना सङ्क्रमित वृद्धाको मृत्यु उपचारको क्रममा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो । माघ २३ गते कोरोना सङ्क्रमण पुष्टि भई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको मृतक वृद्धाले कोरोना विरुद्धको खोप नलगाएको प्रतिष्ठानले जनाएको छ । मृतक वृद्धको शवको नियम अनुसार व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्