झापा , माघ २५ । राप्रपाका पूर्व–अध्यक्ष कमल थापाले पार्टी त्यागको घोषणा गरेका छन्।

मंगलबार गृहजिल्ला मकवानपुर पुगेका थापाले पार्टी छाडेको घोषणा गरेका हुन्।
थापाले पार्टीभित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गर्ने आफ्नो चाहना सुनुवाइ नहुने देखेपछि पार्टी त्यागको अप्रिय निर्णय लिनुपरेको बताए।

राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पार्टीमा रमाउने आफ्नो उत्कट चाहना पुरा गर्न नपाएको भन्दै थापाले दुःख व्यक्त गरेका छन्। स्मरणीय छ, थापाले राप्रपा त्याग्ने कल्पना त गरेका थिएनन् नै तर, पार्टी एकताताका पार्टी विभाजन नगर्ने भन्दै गीता छोएर कसम समेत खाएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्