बिर्तामोड , माघ २५ । नेपाल कम्युनिस्ट आन्दोलनका योद्धा सूर्य खड्काको निधन भएको छ ।

२०२८ सालको झापा विद्रोहमा प्रत्यक्ष संलग्न बिर्तामोड ८ गरामनी निवासी खड्काको ६९ वर्षको उमेरमा आज साँझ साढे ६ बजे घरमै निधन भएको परिवारले जनाएको छ । खड्का दमलगायतका रोगले ग्रसित थिए । झापा विद्रोहका क्रममा उनी जेल परेका थिए ।