बिर्तामोड , माघ २६ । बिर्तामोड ९ निवासी सुवेदी दम्पत्तीले आफ्नो ५२ औं वैवाहिक वर्षगाठको अवसरमा विभिन्न सामाजिक कार्य गरेका छन् ।

अक्षय कोषको लागि सहयोग गर्दै

पुण्य सुवेदी र उनकी श्रीमती यशोदा सुवेदीले आफ्नो वैवाहिक जीवन ५१ वर्ष पूरा गरी ५२ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्थानीय कालीमाता मठ मन्दिर व्यवस्थापन समितिलाई अक्षय कोषको लागि १ लाख रुपैयाँ प्रदान गरेका छन् । सुवेदी दम्पत्तीले मन्दिर समितिका उपाध्यक्ष रविन बुढाथोकीलाई सो रकम प्रदान गरेका थिए । आफ्ना स्वर्गीय मातापिता चन्द्रमाया सुवेदी र लक्ष्मीप्रसाद सुवेदीको स्मृतिमा अक्षय कोष स्थापनाका लागि सो सहयोग गरेको दाता पुण्यप्रसाद सुवेदीले बताए । सुवेदी परिवारले नै जग्गा दिएर सो मन्दिर निर्माण गरिदिएका हुन् ।

बृद्धबृद्धालाई सम्मान

सोही अवसरमा तीनजना बृद्धबृद्धालाई दोसल्लाले सम्मान गरिएको थियो । स्थानीय बयोबृद्धा देवीमाया खड्का , कलावती राजवंशी र शिवलाल आचार्यलाई सुवेदी दम्पतीले सम्मान गरेका हुन् । त्यस्तै बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक र स्थानीय काजी बुढाथोकीलाई पनि उनीहरुले सम्मान गरेका थिए । सोही अवसरमा बिर्तामोड ४ स्थित परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई भोजन गराउने कार्यक्रम रहेको सुवेदीले जानकारी दिएका छन् । उनीहरुले वैवाहिक वर्षगाठमा हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्