झापा , माघ २६ । ५० प्रतिशत नाघेको कोभिड संक्रमणदर १३.८ प्रतिशतमा झरेको छ ।

पछिल्लो २४ घन्टामा परीक्षण गरिएका १२ हजार ६ सय ९२ नमुनामध्ये एक हजार नौ सय ५७ मा संक्रमण पुष्टि भएको छ ।
२५६ संक्रमित सघन उपचारमा
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभर सघन उपचारमा मात्रै मंगलबार दुई सय ५६ जना उपचाररत छन् । यस्तै, सोमबार दुई सय ५५ र आइतबार दुई सय ६९ जना उपचाररत थिए । गत शनिबार दुई सय ५१, शुक्रबार दुई सय ४३ र बिहीबार दुई सय ८१ जना कोभिड संक्रमित आइसियूमा उपचाररत थिए ।
कुन प्रदेशमा कति खोप प्रयोग ?
देशभर तीन करोड ४३ लाख ५८ हजार २१७ डोज प्रयोग । कोभिड- १९ विरुद्ध खोप अभिलेखबारे छानबिन गर्न गठित समितिको निर्देशनअनुसार मंगलबारसम्म ७१ जिल्ला तथा ६४४ स्थानीय तहले विवरण दिएका छन्  । ६ जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधबारसम्म विवरण बुझाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको विवरण अनुसार प्रदेश १ मा ५४ लाख एक हजार ५५० डोज, मधेसमा ५८ लाख ५९ हजार ६१५ डोज, बागमतीमा ८७ लाख ३२ हजार ८०२ डोज, गण्डकीमा ३४ लाख ९७ हजार ६०४ डोज, लुम्बिनीमा ५२ लाख १७ हजार ९८६ डोज, कणर्ालीमा १७ लाख ८२ हजार १७० डोज र सुदूरपश्चिममा ३० लाख ६६ हजार ४९० डोज खोप प्रयोग भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्