गौरादह, माघ २६ । झापाको गौरादहमा ट्रकले किच्दा एक महिलाको मृत्यु भएको छ ।

गौरादह नगरपालिका–१ गुरुङ चौकमा भएको दुर्घटनामा शिवसताक्षी नगरपालिका–१ बस्ने ५३ वर्षिया हिमादेवी दाहालको मृत्यु भएको हो । गौरादह पाडाजुङ्गी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४प ३३२६ नं. को मोटरसाइकलमा सवार महिला बाटोमा अचानक लड्दा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ ख २६९८ नं. को धान बोकेको ट्रकले किच्दा उनको घट्नास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतक महिलाका श्रीमान ५६ वर्षिय नन्दलाल दाहाल भने सकुशल रहेको बताइएको छ । दुर्घटना गराउने ट्रक बाटो छेउमा पल्टेको थियो । टक र ट्रक चालक गौरादह–१ का ३६ वर्षिय सन्तोष अधिकारी, मोटरसाइकल र मोटरसाइकल चालक ईलाका प्रहरी कार्यालय गौरादहको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड–६ बुट्टाबारीमा बुधबार भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज १९१८ नम्बर म्याजिक भ्यानले विपरीत दिशाबाट जाँदैं गरेको प्रदेश–१–०१–०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा– ११ का ५४ वर्षीय दिलिप राजवंशी र पछाडी सवार बिर्तामोड–४ का ४९ वर्षीय कृष्ण राजवंशी घाइते भएका थिए ।
गम्भीर घाइते मोटरसाइकल चालक दिलिपको उपचारको क्रममा बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्