बिर्तामोड , माघ २७ । सारेगमप लिटल च्याम्प्स नेपालकी बिजेता बिर्तामोड –२ निवासी कृपा पौडेललाई बिहीबार गृहजिल्ला झापामा भब्य स्वागत सम्मान गरिएको छ ।

प्रतियोगितामा सहभागी ३५ हजार प्रतिष्पर्र्धीलाई पछि पार्दै विजेता बन्न सफल कृपा सफलता हात पारेर ६ महिनापछि बिहीबार गृहजिल्ला फर्कने क्रममा भद्रपुर विमानस्थलबाटै उनलाई नौमती बाजागाजासहित सयौको संख्यामा सहभागी जिल्लावासीहरुले समूहले भब्य स्वागत गरेका हुन् । बिर्तामोड–१ मा निर्माणाधीन अबस्थामा रहेको प्रदेश नं..–१ कै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटकघर परिसरमा पु¥याएर नागरिक सम्मान गरिएको अभियानका सचिव तथा झापा नाटकघर निर्माण कार्यका परिकल्पनाकार , अभियन्ता झापाली युवा रंगकर्मी माधब कल्पितले जानकारी दिए।

झापा बिर्तामोडका करिव ३ दर्जनबढी सामाजिक संघसंस्थाको सहभागितामा बिर्तामोड वडा नं.–२ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा कृपा जिताउ समिति नै गठन गरिएको थियो । सोहि समितिका संयोजक संग्रौलाको अध्यक्षता तथा राष्ट्रिय कलाकार सीताराम ताजपुरियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आफूले सम्मान ग्रहण गर्नुपूर्व कृपाले झापा नाटकघरलाई १ धुर जमिन दान बराबरको नगद १ लाख १ हजार समूहका केन्द्रीय अध्यक्ष कल्पित तथा बरिष्ट उपाध्यक्ष हरि भण्डारीलाई प्रदान गरिन् ।

रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष दिनेश पोखरेलले स्वागत गरेको कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक संरक्षक देबीभक्त श्रेष्ठ ,इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्य, कृपाका बुबा कुमार पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा प्रमुख अतिथि सिताराम ताजपुरिया, राष्ट्रिय प्रतिभा मेनुका पौडेल र बिजेता कृपा पौडेलको बेजोड प्रस्तुतिले झापा नाटकघर तताउन सफल भएको प्रतिष्ठानकी उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन् ।
अभियानमा जोडिएका –३ दर्जनबढी संस्ंथाका तर्फबाट सामूहिक सम्मानपत्रद्वारा कृपालाई सम्मान गरिएको उक्त कार्यक्रमको सञ्चालन अभियानका सचिव कल्पितले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्