पथरीशनिश्चरे, माघ २८ । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

अन्दाजी ६ः३० बजेतिर मोरङ विराटनगर महानगरपालिका–१५ स्थित भारतको जोगवनीबाट विराटनगरतर्फ आउदै गरेको स्कुटरमा सवार एक युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश १–०२–०४१ प ६२५९ नंम्वरको स्कुटर चेकजाँचको क्रममा स्कुटरमा सवार मोरङको केराबारी गाउँपालिका वडा नं.–८ बस्ने ३५ वर्षिय मिकेनजी लिम्बुलाई २ ग्राम ७०० मिलिग्राम ग्राम ब्राउनसुगरसहित प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई ईलाका प्रहरी कार्यालय रानी , मोरङले लागूऔषध कसूरमा ५ दिनको म्याद थप गरी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



