झापा , माघ २८ । यसै साता राप्रपा परित्याग गरी नयाँ पार्टी खोल्न लागेका कमल थापाको पक्षमा झापाका नेताहरु लाग्न थालेका छन् ।

राप्रपामा रहँदा थापा पक्षधर रहेका नेताहरु उनीसंगै अर्को पार्टीमा जाने भएका हुन् । जसको नेतृत्व राप्रपा प्रदेश नं १ का अध्यक्ष राम थापाले गर्ने भएका छन् । आफू पूर्व अध्यक्ष कमल थापासंगै रहेको दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका प्रदेश अध्यक्ष राम थापाले बताए । ‘मलगायतका टीम कमल थापासंगै छौं ’उनले भने ।

राम थापाको छोराको आज विवाह हुँदैछ । जहाँ कमल थापा आउँदैछन् । दिउँसो २ बजेतिर कमल थापा आफ्नो छोराको विवाहमा आइपुग्ने कार्यक्रम रहेको राम थापाले बताए । राप्रपा छोडेका थापाले गणतान्त्रिक पार्टी खोल्ने भएका छन् । त्यसका लागि शनिबारसम्म आवश्यक तयारी पूरा गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्