झापा , माघ २८ । यसै साता राप्रपा परित्याग गरी नयाँ पार्टी खोल्न लागेका कमल थापा झापाको दमक आइपुगेका छन् ।

राप्रपाका प्रदेश अध्यक्ष राम थापाको छोराको बिहे मान्न उनी दमक आएका हुन् । दमकको कस्मिक पार्टी प्यालेसमा विवाह भोज आयोजना गरिएको छ । विवाहमा राप्रपाका नेताहरु राजकुमार पोखरेल , अम्बर विष्ट , लक्ष्मी संग्रौला, कमल खरेल , नारायण राजवंशी , चेतनाथ थापा , भीम पौडेल , देवी दंगाललगायतको सहभागिता रहेको छ । त्यस्तै संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी , नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबे , दमक नगर अध्यक्ष प्रकाश प्रसाईलगायतको सहभागिता रहेको छ ।

राप्रपा अचानक छोडेर अर्को पार्टी खोल्न लागेका थापा विवाहको निम्तो मान्नुसंगै आफ्नो पक्षमा समर्थन जुटाउन झापा आएका हुन् । झापामा राप्रपाको एउटा ठूलै समूह कमल थापासंगै अर्को पार्टीमा जाने भएको छ । राप्रपामा रहँदा थापा पक्षधर रहेका नेताहरु उनीसंगै अर्को पार्टीमा जाने भएका हुन् । जसको नेतृत्व राप्रपा प्रदेश नं १ का अध्यक्ष राम थापाले गर्ने भएका छन् ।

आफू पूर्व अध्यक्ष थापासंगै रहेको दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहेका प्रदेश अध्यक्ष राम थापाले बताए । ‘मलगायतका टीम कमल थापासंगै छौं ’उनले भने । राप्रपा छोडेका थापाले गणतान्त्रिक पार्टी खोल्ने भएका छन् । त्यसका लागि शनिबारसम्म आवश्यक तयारी पूरा गर्ने बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्