कुमरखोद, माघ २८ । नेकपा एमाले झापा गाउँ कमिटी उपाध्यक्ष गौरीशंकर राजवंशी ठूलो दुर्घटनाबाट जोगिएका छन् ।

कामको सिलसिलामा भागुडुब्बा जाने क्रममा शुक्रबार दिउँसो २.१८ बजे विरिङ खोला पारी बाह्रदशी गाउँपालिका वडा नं. २ हुलाकी राजमार्गमा काम गरिरहेको माटो पुर्ने टिपरले व्याग गर्दा राजवंशी दुर्घटनामा परेका हुन् ।
पश्चिमबाट माटो बोकेर गइरहेको ना.१ क ६५८४ को टिपर र सोही दिशातर्फ राजवंशी चढेको प्रं .१.०१.०१२ प २४६७ मोटरसाईकल जाँदै गर्दा टिपर एक्कासी रोकेर व्याग गर्दा मोटरसाइकल चालक राजवंशीले मोटरसाइकल छोडेर ज्यान जोगाएका थिए । गाडी छोडेर भागेपछि उक्त टिपरले मोटरसाईकललाई किचेर अगाडीको भाग क्षतिग्रस्त वनाएको छ ।
उक्त टिपरलाई ईलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको र चालकलाई भने हुलाकी राजमार्गका कर्मचारीले जमानीमा छुटाएको राजवंशीले बताए । दुर्घटनाबाट बचेका राजवंशीका अनुसार हुलाकी राजमार्गका ठेकेदारले शनिबार अर्को नयाँ मोटरसाईकल किनिदिने बताएका छन् ।



