फिदिम, माघ २९ । पाँचथरको कुम्मायक गाउँपालिकाको यासोक बजारमा आगलागी भएको छ ।

साँझ ७ः४५ बजे यासोक बजारमा झरेन्द्र खतिवडाको घरबाट आगलागी सुरु भएको हो । उक्त घरसँगै अन्य घरहरु रहेपनि नजिकै पक्की घर रहेकाले आगो फैलन नपाएको तर फैलन खतरा रहेको स्थानीय सञ्चारकर्मी मदन थापाले जानकारी दिए ।

आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । आगलागीबाट खाना पकाउने ग्याँस सिलिण्डर विस्फोट भएको र हावा चलेकाले आगलागी नियन्त्रण हुन नसकेको उनले जानकारी दिए । आगलागी कसरी सुरु भयो भन्ने यकिन नभएको स्थानीयवासीले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्