बिर्तामोड , फागुन १ । प्रदेश नम्बर १ का उद्योग, श्रम, तथा स्वरोजगार मन्त्री प्रताप प्रकाश हाङ्गाम र झापाका उद्योगी ब्यवसायीबीच अन्तरक्रिया भएको छ ।

बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता तथा मन्त्री हाङ्गामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ब्यवसायीका तर्फबाट बिर्तामोड बाणिज्य संघका कोषाध्यक्ष दिपेन्द्र राउत र झापा गोल्डकपका महासचिव बिनोद बस्नेतले लिखित ध्यानाकर्षण पत्र मन्त्री हाङ्गामलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा उद्योगी ब्यवसायीहरु मोहन मित्तल, नविन गट्टानी, सजेश शिवाकोटी, रामु सिंहलगायतले ब्यवसायीले भोग्नु परेका समस्या अवगत गराएका थिए । उद्योग मन्त्री हाङ्गामले उद्योगी ब्यवसायीले भोग्नु परेका समस्या समाधानमा अध्ययन, मनन गरेर क्रियाशील हुने आश्वासन दिए । उनले ब्यवसायीको सल्लाह सुझाव लिएर काम गर्ने बताए ।

कार्यक्रममा १ नम्बर उद्योग बाणिज्य संघका अध्यक्ष टिकाराज ढकाल, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवे, राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतले शुभकामना मन्तब्य राखेका थिए । बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराईले स्वागत गरेको सो कार्यक्रमको संचालन उद्योग सचिव कुशल खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्