झापा , फागुन २ । मोरङ उर्लाबारी नगरपालिका-४ आईतबारे बस्ने ३५ बर्षीय गंगा प्रसाद भण्डारीले आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेका छन् ।

आमाको हत्यामा संलग्न गंगाप्रसाद भण्डारी।

हिजो बेलुका साढे ४ बजे घरयासी विवादका कारण ७० बर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिरपटले प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भिर घाईते भएकी चन्द्रमायाको मदन भण्डारी अस्पताल तथा ट्रमा सेण्टर मंगलबारेमा उपचारको राती साढे १० बजे मृत्यु भएको हो । हत्या गर्ने गंगा प्रासादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई कानुनि प्रकृया अगाडी बढाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्