झापा , फागुन २ । नेपालमा थप १३ लाख १२ हजार ८० डोज कोभिड-१९ विरुद्धको एस्ट्राजेनेका खोप आएको छ ।

बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको सो खोप आज बिहान नेपाल आइपुगेको हो । बेलायतले यसअघि पनि कोभ्याक्स सुविधामार्फत आठ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्