बिर्तामोड , फागुन २ । बिर्तामोडका शैक्षिक बेरोजगार युवाहरुले आफूहरुसहित अरुलाई स्वरोजगार बनाउन थोरै पूँजीबाट सिकाई केन्द्र संचालन गरेका छन् ।

बिर्तामोड ५ जात्रुवारीका ७ जना युवाहरुले शैक्षिक बरोजगार भएकाहरुलाई लक्षित गरी ‘युनिकर्न प्रोडक्सन हाउस’ नामक सिकाई केन्द्र खोलेका हुन् । स्नातक र प्लस टुमा अध्ययनरत रोहन दास , आरती गौतम , दिवस चौधरी , रविन राई , निशान लामा , मिराक लिङ्देन र मुकेश ठाकुरले जनही पाँच–पाँच हजार रुपैयाँ लगानी गरी सानो पूँजीबाट ठूलो योजना बनाएका छन् । मोडलिङ , फुटसल , डान्स , वक्तृत्वकला , चित्रकलाजस्ता योजना आफूहरुले अगाडि सारेको रोहन दासले बताए ।

सो तालिम सेन्टर दिवस चौधरीको घरमा गत माघ १६ गते स्थापना गरिएको हो । उनीहरुले कामको जिम्मेवारी बाँडफाँड गरेका छन् । तालिम सेन्टरको प्रेसिडेन्टमा दिवस चौधरी , भाइस प्रेसिडेन्टमा रविन राई, सिइओमा रोहन दास , फाउन्डरमा निशान लामा , मेनेजिङ डाइरेक्टरमा आरती गौतम , असिस्टेन्ट मेनेजिङ डाइरेक्टरमा मिराक लिङ्देन र इभेन्ट डाइरेक्टरमा मुकेश ठाकुर रहेका छन् ।

जागिर नपाएर र पूँजी नभएर शैक्षिक बेरोजगार भएका युवाहरु मिलेर आफूहरुजस्तै अरु युवा विधार्थी साथीहरुलाई लक्षित गरी सो तालिम सेन्टर खोलिएको रोहन दासले बताए । उनले विभिन्न कारणले मौका नपाएकाहरुको प्रतिभा उजागर गर्न सामान्य शुल्कमा आफूहरुले तालिम संचालन गर्न लागेको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्