बिर्तामोड , फागुन २ । देशकै उत्कृष्ट बनेको बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई पुरस्कृत गरिएको छ ।

आज काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा आयोजित नगर विकास कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गरिएको हो । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले बिर्तामोड खानेपानी संस्थाका अध्यक्ष जलकुमार गुरुङ र सचिव मेघराज बाँस्तोलालाई कदरपत्र प्रदान गरेकी थिइन् । खानेपानी आयोजना संचालन र व्यवस्थापन गर्दै उत्कृष्ट बनेको भन्दै बिर्तामोड खानेपानी संस्थालाई पुरस्कृत गरिएको जनाइएको छ ।


यसअघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था यस वर्ष दोस्रो पटक उत्कृष्ट घोषित भई पुरस्कृत भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्