झापा , फागुन ३ । मोरङको सुनवर्षी नगरपालिका-८ बाट खैरो हिरोईनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी-१ का २३ बर्षीय बिनोद तामाङ रहेका छन् । हिजो राति पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदल यात्री तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनले प्लास्टिकमा पोको पारी शरिरमा लुकाईराखेको १ ग्राम ७४० मिलिग्राम खैरो हिरोईन बरामद भएको हो । प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्