झापा , फागुन ३ । इलामको माईजोगमाई गाउँपालिका-४ मा माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माईजोगमाई-४ का दिपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछा मार्ने क्रममा पानीमा डुवि अचेत अवस्थामा आमाले फेला पारी उपचारको लागि लैजाने तयारी गर्दागर्दै अरिनाको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भईरहेको छ ।