झापा , फागुन ३ । भारतबाट नेपालतर्फ भित्र्याएको आठ लाख बराबरको औषधी प्रहरीले बरामद गरेको छ ।

सोमबार राति अन्दाजी ११ः३० बजे कचनकवल गाउँपालिका वडा नं. १ कुटीमा भारतबाट नेपालतर्फ आउदै गरेका दुई जना पुरुष मानिसहरुले साथमा बोराहरु बोकी शंकास्पद तबरले पैदल हिडिरहेको अवस्थामा अस्थायी प्रहरी चौकी कुटीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखेर उक्त बोराहरु सोही स्थानमा छाडी फरार भएका थिए ।

उक्त प्लाष्टिकका बोराहरु चेकजाँच गर्दा भन्सार छली अवैध रुपमा चोरी निकासी गरी ल्याएको आठ लाख एकचालिस हजार तीन सय सन्तानब्बे रुपैयाँ बराबरको औषधी बरामद गरी जिल्ला प्रहरी कार्यालय. झापामा ल्याई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयलाई बुझाउने तयारी भईरहेको डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्