भद्रपुर , फागुन ४ । कोरोना संक्रमणका कारण भद्रपुर २ स्थित किचकबध धार्मिक , ऐतिहासिक तथा पर्यटकीय स्थलमा मेला नलाग्ने भनिएपनि भक्तालुहरुको बिहानैदेखि भीड रहेको छ ।

किचकबध धार्मिक तथा पर्यटकीयस्थल संरक्षण समिति भद्रपुर २ र ३ ले फागुन १ गते सार्वजनिक सूचना जारी गरी यस वर्ष पनि मेला नलाग्ने जानकारी गराएको थियो । समितिले मेलाको ठेक्का पनि लगाएको थिएन । तर, बिहानैदेखि भक्तालुहरुको उपस्थिति देखिएको छ । पुजापाठ गर्ने र स्नान गर्नेहरुको भीड देखिएको समितिका सचिव मदन कँडेलले बताए । स्वस्थानी पूर्णिमाको दिन किचकबधमा मेला लाग्ने गरेको छ । कोरोना संक्रमणका कारण विगत तीन वर्षदेखि राम्ररी मेला लाग्न सकेको छैन ।

महाभारतकालीन इतिहाससंग जोडिएको त्यस ठाउँमा भीमले किचकलाई मारेपछि किचकबध नाम रहन भएको भनाई छ । किचकबध मेलाकै लागि भद्रपुर नगरपालिका , हल्दिबारी र कचनकवल गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन् ।

तस्वीरहरु– गणेश ढुंगाना

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्