एजेन्सी । बलिउडका गायक तथा संगीतकार बप्पी लहरीको गएराति निधन भएको छ ।

मुम्बईको एक अस्पतालमा ६९ वर्षको उमेरमा उनको निधन भएको हो । उनको पहिचान एक लोकप्रिय गायक र संगीतकारको रुपमा रहेको थियो । लहरीलाई गत वर्ष कोभिड संक्रमण भएपछि हस्पिटलमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनलाई छिट्टै विदा दिएका थिए । गत वर्ष सेप्टेम्बरमा बप्पी लहरीले आफ्नो आवाज गुमाएको समाचार सार्वजनिक भएको थियो ।

बप्पी लहरीको परिवारमा उनकी श्रीमती, छोरा बप्पा लहरी र छोरी रमा लहरी रहेका छन् । बप्पी लहरी आफ्नै घरमा रहेका थिए । तर, स्वास्थ्य खराब भएपछि उनलाई जुहू अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्