दमक , फागुन ४ । दमकमा रहेको एड्भान्स अस्पतालले सिटि स्क्यान सेवा सुरु गरेको छ ।

अस्पतालका अध्यक्ष माधव पराजुलीको अध्यक्षतामा बिहिबार बिहान भएको एक औपचारिक कार्यक्रमका वीच दमक वडा नम्बर ७ का वडा अध्यक्ष भिम पौडेलले मेसिनको उद्घाटन गरेका हुन् । उक्त सिटि स्क्यान सेवा दमकमै पहिलो भएको दाबी गरिएको छ । यसअघि दमकमा कुनै बिरामीको सिटि स्क्यान गर्न परे बिर्तामोड वा बिराटनगर धाउनु पर्ने बाध्यता रहेको थियो । सिटि स्क्यान सेवा शुभारम्भको अवरमा बोल्ने बक्ताहरुले दमकलाई स्वास्थ्य सेवाको हब बनाउन यहाँ भएका अस्पतालहरुले सहकार्य गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै दमक वडा नम्बर ६ का वडाध्यक्ष टेकबहादुर थापा, नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईं, उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ , नेपाल रेडक्रस सोसाईटी दमक उपशाखा सभापति प्रकाश बुढाथोकीलगायतले दमकमा रहेका अस्पतालहरुले आपसी सहकार्य गरी यहाँका नागरिकलाई सेवा प्रबाह गर्नु पर्नेमा जोड दिएका थिए । एड्भान्सले सिटि स्क्यान सुरु गरेकोले अब यहिँ एमआरआई लगायतका अत्याधुनिक मेसिनहरु पनि ल्याएर यस क्षेत्रका जनतालाई सुलभ स्वास्थ्य सेवा दिनु पर्ने वक्ताहरुले आंैल्याएका थिए । बिहिबारबाटै बिरामीको सिटि स्क्यान गर्न सकिने अस्पतालका सञ्चालक तथा निर्देशक चैतन्य बरालले बताए । अत्याधुनिक प्रविधिसहितको मेसिन जडान गरिएकोले अब यस क्षेत्रका बिरामीलाई सहज भएको उनले बताए । अन्यत्रको भन्दा सरल रकममा सेवा दिन आपूmहरु तयार रहेकोे उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्