झापा , फागुन ५ । झापाको शिवसताक्षी नगरपालिका-४ मा रहेको माछा पोखरीमा डुबेर एकजना पुरुषको मृत्यु भएको छ ।

स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्