झापा , फागुन ५ । सुनसरीको बर्जु गाउँपालिका-१ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

बुधवार राती साँढे ९ बजेको समयमा बर्जु गाउँपालिका-१ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २२ बर्षीय धनिलाल उरावको उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्