बुद्धशान्ति , फागुन ५ । दारी ग्याङ झापाले लामो समयदेखि विरामी भई उपचार गर्दै आएका मनोज सापकोटालाई आफ्नो छैटौँ बार्षिकोत्सवको अवसर पारेर आर्थिक सहयोग गरेको छ ।

दारी ग्याङ झापाका सक्रिय सदस्य कचनकवल गाउँपालिका वडा नम्बर –७ मा बसोबास गर्दै आएका २२ बर्षीय मनोज सापकोटा कलिलो उमेरमा (Classical Hodgkins Lymphoma) नामक प्राणघातक रोगबाट पीडित भई जीवन मरणको दोसाधमा रहेको अवस्थामा दारी ग्याङ झापाले घरैमा पुगेर एकलाख तीन हजार रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको दारी ग्याङ झापाका अध्यक्ष गोकुल पौडेलले बताए । दारी ग्याङ झापाका उपाध्यक्ष मनिष दाहालको संयोजकत्वमा भएको उक्त अभियानबाट संकलित रकम जिल्ला समितिका पदाधिकारीहरुको उपस्थितिमा टोली घरैमा पुगेको थियो ।

२०१८ डिसेम्बरदेखि(Classical Hodgkins Lymphoma) नामक प्राणघातक रोगबाट पीडित मनोज भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युटमा पहिलो चरणको केमोथेरापी गर्ने क्रममा जसोतसो तीस लाख रुपैयाँ जुटाई उपचार सफल भएको थियो । तर, पुनः केही महिनाको अन्तरालपछि त्यही रोग अर्को ठाउँमा बल्झिएको र दोस्रो चरणको केमोथेरापी त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा भइरहेकोमा करिब १५ लाख खर्च लाग्ने र उक्त रोगलाई पूर्ण रूपमा निर्मूल गरेपश्चात हड्डीभित्रको मासी थप रुपान्तरण गर्नु पर्ने अवस्था सिर्जना भएकोले डाक्टरहरुबाट अनुमानित रकम चालीस लाख लाग्ने भएको हुँदा सबैमा सहयोग गरिदिन परिवारले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्