बिर्तामोड, फागुन ६ । सञ्चारकर्मी कृपा गुरागाईंले आफ्नो शुभविवाहको अवसर पारी शुक्रबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेकी छिन् ।

बेहुली कृपा तथा उनका पिता तेजप्रसाद र माता बेदमायाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आफ्नो बिवाहको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको कृपाले बताइन् । झापाको कनकाई ८ लक्ष्मीपुर घर भई तेह्रथुमको आठराई ६ चुहानडाँडाका हरि पराजुलीसंग विवाह गरेकी गुरागाईंलाई महासंघको टोलीले बधाई शुभकामना ज्ञापन गरेको छ ।
रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, कार्यसमिति सदस्य रञ्जित परियार, स्वतन्त्र पत्रकार संघ झापा अध्यक्ष नरेन्द्र ढकाल, पत्रकार नवीना कुईंकेललगायतको सहभागिता थियो ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । कोषमा हाल ५५ लाख रुपैयाँ बढी जम्मा भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्