झापा , फागुन ७ । मोरङको मिक्लाजुङ गाउँपालिका–६ मा रुखवाट लडेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका–६ का मानबहादुर मगरकी श्रीमती ४६ बर्षीया बुद्धमाया मगर रहेकी छन् । हिजो बिहान साढे ११ बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा बिराटनगरस्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ–४ घलेगाउँका ईन्द्र सुनुवारकी श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकी छन् । हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घरतर्फ फर्कदै गर्दा भिरबाट लडेर घाईते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको हो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्