झापा , फागुन ७ । सुनसरीको धरान उपमहानगरपालिका–५ बाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान–५ का २८ वर्षीय सुवास राई रहेका छन् । हिजो राति ११ बजे लागूऔषध बेचबिखन भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईको कोठामा खानतलासी गर्दा स्पासपेन–७४२ ट्याब्लेट, ट्रमाडोल–७१४ क्याप्सुल र टापेन–४० ट्याब्लेट गरी जम्मा १४९६ ट्याब्लेट तथा क्याप्सुल बरामद गरेको प्रहरीले जनाएको छ ।
निषेधित औषधीसहित पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्