भद्रपुर, फागुन ७ । भद्रपुर १० स्थित हनुमान टोल विकास संस्थाको दोस्रो साधारणसभाको अवसर पारेर टोलका दुईजना अग्रजलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा टोलका जेष्ठ नागरिक कौशिला वराल र हिरादेवी सुवेदीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत, संस्थाका सल्लाहकार संयोजक देवीचरण भण्डारी, त्रिवेणी टोल विकासका अध्यक्ष मुक्तिनाथ दाहाल, सिद्धार्थ टोल विकासका हरिकिशोर आचार्य, आदर्श टोल विकासका विष्णुप्रसाद काफ्ले, चन्द्रगढी खानेपानी उपभोक्ता समितिका सचिव बाबुराम कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगति विवरण अध्यक्ष बुढाथोकीले प्रस्तुत गरेका थिए ।