बिर्तामोड , फागुन ७ । नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा मोहन सुवेदी सर्वसम्मत चयन भएका छन् ।

संगठनको शनिबार बिर्तामोडमा सम्पन्न प्रथम नगर अधिवेशनबाट सुवेदीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरिएको हो । समितिको उपाध्यक्षमा राजेन्द्र खतिवडा,महिला उपाध्यक्षमा सावित्रा दाहाल,सचिवमा टिका अधिकारी,सहसचिवमा रुपमान थलङ र कोषाध्यक्षमा चेतकुमारी बराल रहेका छन् ।
यस्तै समितिको सदस्यहरुमा अम्विका भण्डारी,बानोकुमारी राजवंशी,प्रकाश गुप्ता,नारायण बस्नेत,गोमा पोख्रेल,खगेन्द्र मैनाली,गणेश तिम्सिना,निलम खरेल,थर्कमान भट्टराई,दुर्गा बराल,सुजित शाह,हरि चुँडाल,कृष्ण विश्वकर्मा,नमुना उप्रेती,गंगा उप्रेती,रीता वजगाई उप्रेती,जनिता राई र रेणुका भण्डारी रहेका छन् ।
अधिवेशनले सल्लाहकार समिति र जिल्ला प्रतिनिधि समेत छनोट गरेको छ । सल्लाहकार समिति संयोजकमा राजेन्द्र कडरिया तथा सदस्यहरुमा प्रेम पाण्डे,डिल्ली गौतम,तेजेन्द्र तामाङ,संगीता अधिकारी,मदन आचार्य र जयराम चौलागाई रहेका छन् । यस्तै जिल्ला प्रतिनिधिमा सुवास वि.क,बाबुराम निरौला,ओम खड्का,अमृता हिङमाङ,अनु मोते,पदम घिमिरे,युगकुमारी भट्टराई,नरेन्द्र श्रेष्ठ,रोशन घतानी,प्रविण पौडेल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि पेशागत महासंघ नेपालका स्थायी कमिटी सदस्य तथा प्रदेश १ कमिटी अध्यक्ष देवराज कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन झापाका अध्यक्ष केदार पोखरेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा बिर्तामोड नगरपालिकाका नगरप्रमख ध्रवकुमार शिवाकोटी,नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई,बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।