झापा , फागुन ७ । इजरायलमा गएर कृषिसम्बन्धी तालिम लिएका झापाका कृषकहरु संगठित भएका छन् ।

इजरायलमा कृषिसम्बन्धी तालिम लिएका जिल्लाका कृषकहरुले इजरायल प्रशिक्षित साना किसान मञ्च झापा गठन गरेका हुन् । शनिवार गौरादहमा उनीहरुको भेला भएको थियो ।
हेमराज विष्टको अध्यक्षतामा गठित मंचको उपाध्यक्षमा होमनाथ गौतम, सचिव चन्द्रबहादुर बस्नेत, सहसचिव बिसन बस्नेत र कोषाध्यक्षमा बिन्दा निरौला रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दिपेश थापा, पवन न्यौपाने,दिवराज ढुंगाना, बसन्तादेवी चेम्जोङ, रुपा राई र आशिष खनाल रहेका छन् । सो मंचको कार्यालय गौरादह ६ मा रहने जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्