पथरीशनिश्चरे , फागुन ७ । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघको पथरीशनिश्चरे नगर कमिटी गठन भएको छ ।

शनिवार सम्पन्न नगरको प्रथम भेलाले सुदेश राईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षद्वयमा चिरन सेन्चुरी र मनिष ढकाल , सचिव प्रकाश शिवा, उप–सचिवद्वय किरण राई र आकाश उप्रेती , तथा कोषाध्यक्षमा स्वस्तिका राई चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा किरण राई, जंगबहादुर गुरुङ, विवेक शिवा, नवीन विक, बिना विक, नवराज राई, फिलिप लिम्बु , सुमन शिवा, सागर राई, श्याम घिमिरे, अतित परियार प्रज्वल राई, आकाश उप्रेती, सुरज राई , विकास लिम्बू, शंकर याख्खा, अजय राई , अभिषेक तामाङ, सुजिन्द्र राई, सन्जीव मगर, जासन लामा, अतित राई , कालुमान तेन्वे, सुमन राई, उज्वल लिम्बू , विशाल लिम्बू, राजन लिम्बू , क्षितिज पयाङ्गु , सतिश लिम्बू , मानप्रसाद लिम्बू , प्रकाश शिवा , किरण राई ,पिताम्बर दहाल, प्रवीन राई, नवराज राई, अर्जुन शर्मा र नगेन्द्र घिमिरे , एटम भट्टराई , सुमन शिवालगायत रहेका छन्।

विकास राईको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ नेपालकी केन्द्रीय सचिवालय सदस्य तथा मोरङ ईन्चार्ज शान्ति गुरुङ पाख्रिनको प्रमुख आतिथ्य रहेको थियो । उक्त भेलामा नेकपा– एकीकृत समाजवादीका प्रदेश नं १ का सदस्य टंक भण्डारीले नवगठित नगर कमिटीका पदाधिकारीहरुलाई बधाई दिँदै पार्टीलाई जनस्तरसम्म लैजान र उदाहरणीय काम गर्दै अघि बढ्न शुभकामना दिएका थिए । सोही अवसरमा संविधानसभाका सभासद तथा मोरङ जिल्ला कमिटीका उपाध्यक्ष चण्डीप्रसाद राई, जिल्ला कमिटी सदस्य सुनिता तिम्सिना , युवा संघका केन्द्रीय सदस्यहरु विकास राई, जोन सुब्बा , मधुकर राई , मिलन राई , पार्टीका नगर कमिटीका अध्यक्ष तुलसी ढकाललगायतको उपस्थिति रहेको थियो।
नवगठित कमिटीका पदाधिकारीहरुलाई युवा संघ नेपालकी सचिवालय सदस्य समेत रहेकी मोरङ जिल्ला इन्चार्ज शान्ति गुरुङ पाख्रिनले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

त्यस्तै नेकपा समाजवादी पथरीशनिश्चरे– ८ को वडा कमिटी गठन भएको छ ।पूर्व जनप्रतिनिधि समेत रहेका सुकबहादुर खजुमको अध्यक्षतामा शनिबार १९ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा मुना परियार , सचिव नारायण पाण्डे,उपसचिव बलबहादुर विक रहेका छन् । यसैगरी सदस्यमा नरबहादुर खजुम , रामबहादुर मगर , तुलसीप्रसाद खतिवडा , सुवास लिम्बु , मञ्जु कट्वाल , गंगामाया विक,अमरबहादुर तामाङ , अम्विका आचार्य ,यामबहादुर खड्का , चन्द्र जोगी , पहलमान पराजुलीलगायत रहेका छन् । सोही अवसरमा संघीय लिम्बुवान पार्टी नेपाल नेपालका मोरङ जिल्ला उपाध्यक्ष राज पयाङ लिम्बु पार्टी परित्याग गरी नेकपा समाजवादीमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्