झापा, फागुन ८ । खोटाङको ऐसेलुखर्क गाउँपालिका-७ मा भित्रि सडक खण्डमा मोटरसाईकलबाट लडी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगर पालिका-६ घर भई खोटाङ जिल्लाको रावाबेसी गाउँपालिकामा कार्यरत प्राविधिक ३१ बर्षीय दिपक ढुंगाना रहेका छन् । हिजो बेलुकी साढे ४ बजे प्रदेश ३-०२-००७ प ५३३३ नं.को मोटर साईकल अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार रहेका ढुंगाना घाईते भई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाईकल चालक खोटाङ ऐसेलुखर्क-३ का हुलास गुरुङलाई इलाका प्रहरी कार्यालय ऐंसेलुखर्कले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्