झापा , फागुन ८ । संखुवासभाको सभापोखरी गाउँपालिका-२ का १८ बर्षीय सुमन दर्जीलाई आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

हिजो बिहान राति अन्दाजी साढे २ बजेको समयमा ५२ बर्षीय बुबा दलबहादुर दर्जीलाई फलामको मार्तोलले टाउकोमा प्रहार गर्दा दर्जीको घटनास्थलमा नै मृत्यु भएको भन्ने भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बुबाको हत्यामा संलग्न रहेका उनलाई पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्