झापा , फागुन ८ । मोरङको केराबारी गाउँपालिका-८ को हजार बिघा सामुदायिक बनमा माघ ९ गते मृत फेला परेका स्थानीय २६ बर्षीय बाबुराम भट्टराईको हत्या भएको खुल्न आएको छ ।

उक्त घटनामा संलग्न केरावारी गाउँपालिका-३ का ३५ बर्षीय कमल लिम्बूलाई प्रहरीले पक्राउ गरेसंगै सो कुरा खुल्न आएको हो । माघ १० गते सामुदायिक वनमा खाल्डो खनेर गाडेको अवस्थामा भट्टराईको शव फेला परेको थियो । शव फेला परेको जानकारी पाएलगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले सुक्ष्म रुपमा गहन अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा भट्टराई पौष २७ गतेदेखि नै बेपत्ता भएको र पौष २८ गते लिम्बूसंग वादविवाद भएको तथा लिम्बूले फलामको रड प्रयोग गरी भट्टराईको हत्या गरेको खुल्न आएको थियो । यसरी हत्या गरी घटनालाई ढाकछोप गर्न खाल्डो खनेर गाडेको भन्ने खुल्न आएसंगै लिम्बूलाई पक्राउ गरेको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्