झापा , फागुन ९ । झापाको कचनकवल गाउँपालिका-५ बाट प्रतिबन्धित ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका-२ का २८ बर्षीय सरोज भट्टराई र बिर्तामोड नगरपालिका-९ का २० बर्षीय विशाल बुढाथोकी रहेका छन् । हिजो राती ७ बजेको समयमा ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त गस्ती टोलीले संका लागि प्रदेश १-०१-०१३ प ७९७४ नम्वरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा निजहरुको साथबाट ब्राउन सुगर ५ ग्राम बरामद भएको हो । लागूऔषधसहित पक्राउ परेका दुवै जनाको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्