झापा, फागुन ९ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ।

जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा आइतबार राती हिमपात भएको हो । जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाडा, रातनागि डाडा, खोरिया, रोशि, तामाखानी, लोदिङ, बेनी, जुनबेसीलगायतका स्थानहरू सेताम्मे बनेको स्थानीयले बताएका छन् । यस्तै, उच्च हिमाली क्षेत्र खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रमा शनिबार साझँबाट नै हिमपात सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिए । हिमपातपछि चिसो बढेको महसुश गरिएकको छ भने जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन् । सोलुखुम्बुमा यसअघि पहिलो पटक पुस १३ गते र दोस्रो पटक माघ २० मा हिमपात भएको थियो । पुस १३ गते सामान्य हिमपात भएपनि माघ २० गते भने भारी हिमपात भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्