झापा , फागुन ९ । संखुवासभा मकालु गाउँपालिका-५ आमराङमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकालु-५ आमराङ गुरुङ गाउँका ५२ वर्षीय सूर्यबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार नुम बजारबाट घर फर्किने क्रममा भालुढुङ्गा भीरबाट लडेर राईको घटनास्थलमै मृत्यु भएको हो । राई आइतबार दिउँसो अलैँची बेच्न नुम बजार आएका थिए । नुमबजार गएका राई आइतबार साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्ने क्रममा सोमबार बिहान भीरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको प्रहरीले जनाएको छ । घटनाका थप अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्