दमक, फागुन ९ । आफ्ना दिवंगत बुबाको जन्मदिनको अवसर पारेर दमकका शिवाकोटी परिवारले दमक ४ मा रहेको रत्नजेष्ठ बृद्धाश्रमका बृद्धबृद्धालाई सहयोग गरेको छ ।

नेपाली कांग्रेस दमक नगर सदस्य मोहन शिवाकोटीका बुबा स्व. ईन्द्रप्रसाद शिवाकोटीको जन्मदिनको अवसर पारेर जेष्ठ नागरिकलाई खाद्यान्नसहित कपडा वितरण गरिएको हो ।
स्व. शिवाकोटीका ५ जना छोरा र तीन छोरी तथा ज्वाइँको परिवारले आश्रममा आश्रित ८ जना बृद्धबृद्धालाई खाद्यान्नसहितका सामग्रीहरु वितरण गरेको हो । सोमबार आश्रममै पुगेर दाल, चामल, तेलसहितका खाद्यान्न र ओढ्ने पछ्यौरा प्रदान गरिएको स्व. ईन्द्रप्रसादका ज्वाइँ ईश्वरी खरेलले जानकारी दिए ।

बुबाको निधन भएको दिनमा श्राद्ध गरेर स्मरण गरिने भएपनि जन्मदिनमा समेत बुबालाई स्मरण गरिरहनका लागि आमा कृष्णमाया शिवाकोटीको सल्लाहअनुसार सामाजिक काम गरिएको छोरा मोहन शिवाकोटीले बताए । अघिल्लो बर्ष बुबाको आसौचमै भएकोले कुनै कार्यक्रम नगरिएको भन्दै उनले आगामी बर्षदेखि बुबाको हरेक जन्मदिनमा यस्तै सामाजिक कार्य गरेर बुबालाई स्मरण गरिने बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्