झापा , फागुन ९ । नेपाल–भारत सीमाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन् ।

आइतबार साँझ ७ बजे कचनकवल वडा नं. ५ डाँगाबारीमा ईलाका प्रहरी कार्यालय बनियानी र प्रहरी चौकी पाठामारीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय सीमा नाकाबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१३ प ७९७४ नं. को मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक बिर्तामोड ३ सैनिकमोड बस्ने वर्ष २८ का सरोज भट्टराई र सोहि मोटरसाइकलको पछाडी सवार वडा नं. ९ बस्ने वर्ष २० का विशाल बुढाथोकीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद गरिएको हो । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्