झापा , फागुन ९ । सबैमा सामाजिक भावना हुन्छ । तर, त्यो भावनालाई व्यवहारमा उतार्न केहीले मात्र सक्छन् । त्यस्तै भावनालाई व्यवहारमा उतारेका छन् बिर्तामोडका जनप्रतिनिधि किशोर पौडेलले ।

केही दिनअघि झापाको बिर्तामोड–२ लालमाटीमा एउटा घटना घट्यो । त्यो घटना थियो– स्थानीय टनटन उराउको । उनी अन्दाजी ४३ बर्षका ब्यक्ति थिए । उनका आफन्तहरु कोही छैनन् । स्थायी ठेगाना पनि छैन । जहाँ गयो त्यहीँ काम गरेर आफ्नो पेट पाल्ने गर्थे । यसैक्रममा गत शुक्रवार लालमाटीमा एउटा रुखमा चढेर घाँस झार्ने क्रममा चिप्लिएर लडेका उनी त्यहीँ रुखको हाँगाको कापमा अड्किए । उनलाई कसैले काम गर्न नलगाउने गरेपनि कामको आवश्यकता अनुसार जसकोमा पनि गएर काम गरिदिने र सहयोग गरेवापत् उनलाई खान र केही रकम उपलब्ध गराउने गरेका थिए ।

यसैक्रममा उक्त स्थानमा रहेको पिपलको रुखमा चढेका उनी एक्कासी लडेका थिए । लडेर रुखको हाँगाको कापमा अड्किएका घाइते उराउलाई स्थानीय, जनप्रतिनिधि र प्रहरीको सहयोगमा जेसीवीको सहायताले उतारेर बिर्तामोडस्थित कनकाई हस्पिटलमा लगिए पनि ज्यान बचाउन सकिएन ।

मृत्यु भएपछि उनको शब पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगियो । उपचारसँगै अन्त्येष्टि गर्न पनि समस्या प¥यो । टनटनलाई मिता भन्ने गरेका झुप्पे विश्वकर्माले दागबत्ती दिए । अन्त्येष्टिका लागि वडा नम्बर २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले ५ हजार र अन्य जनप्रतिनिधिले १÷१ हजार सहयोग गरे । बाँकी खर्च किशोर पौडेलले ब्यबस्थापन गरे ।

जनप्रतिनिधि पौडेलले यस किसिमका धेरै सामाजिक कार्यहरु गरेका छन् । गरिव दुखी र असहायलाई यसरी सहयोग गर्नसक्दा आफूलाई सन्तुष्टि मिल्ने गरेको पौडेल बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्